काठमाडौं– प्रहरीले ‘लकडाउन’को आदेश उल्लंघन गर्ने १० जनालाइ चितवनका विभिन्न स्थानबाट पक्राउ गरेकाे छ। सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी घर बाहिर निस्किएका १० जनालाई प्रहरीले चितवनको नारायणगढ, टाँडी र भरतपुर क्षेत्रबाट पक्राउ गरेको हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम तथा न्युनीकरणका लागि सरकारले मंगलबार विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लागू हुने गरी ‘लकडाउन’ आदेश जारी गरेको थियाे ।
सरकारले जारी गरेको लकडाउन आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।