काठमाडौं - भारतमा रहेका नेपालीहरूलाइ आफू बसेको ठाउँ नछाड्न नेपाली दूतावासले पुन : आग्रह गरेको छ।
दूतावासले मंगलवार एक सूचना जारी गर्दै आफू जहाँ छ, त्यही सुरक्षित साथ बस्न आग्रह गरेको हो। भारतमा हाल घोषणा गरिएका लकडाउन तथा कर्फ्यू र अन्य आदेशहरूको अवज्ञा गरे स्थानीय कानूनअनुसार कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ।