एजेन्सी– केन्यामा एक क्रिश्चियन पास्टरले कोरोनाभाइरस भगाउन भन्दै अनुयायीहरुलाई डिटोल पिलाएको खुलासा भएको छ। केन्या टुडेले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। उनले यसरी डिटोल पिलाएपछि ५९ जना अनुयायीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ।
रुफुस फाला नाम गरेका ती पास्टरले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका अनुयायीहरुलाई डिटोल पिलाएका हुन्। पास्टरले डिटोल पिलाएपछि ५९ जना मानिसको मृत्यु भएको थियो र ४ जना गम्भीर अवस्थामा पुगेका थिए। पुलिसले यसको अनुसन्धान गरिरहेको छ। पास्टर फाला यसअघि पनि विवादित रहँदै आएका छन्।
२०१८ मा उनले क्रिश्चियन अनुयायीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट पिलाएका थिए।