काठमाडौं - प्रेस काउन्सिल नेपालले दर्ता नभई सञ्चालनमा आएका ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्ने बनाएको छ भने भ्रामक, उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग स्पष्टीकरण समेत माग गरेको छ।
कोरोना भाइरस संक्रमणका बेला विभिन्न सञ्चारमाध्यमहरुले उत्तेजक तथा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएका छन्।त्यसै सन्दर्भमा गलत सूचना दिने र भ्रम फैल्याउने मिडियाहरुलाई सामग्री हटाउन लगाउनुका साथै स्पष्टीकरण सोधेको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।