एजेन्सी– कोरोना भाईरसको प्रकोपबाट विश्व नै प्रभावित भइरहेका बेला चिनमा अर्को प्रजातीको भाईरसका कारण एक चिनियाँको मृत्यू भएको खबरले तरंग पैदा गरेको छ।
चिनको यूनान प्रान्तमा बसमा यात्रा गरिरहेका बेला अचानक मृत्यु भएका एक व्यक्तिमा गरिएको परिक्षणले ति व्यक्तिमा प्राणघातक हन्टाभाईरसको संक्रमण भएको पुष्टि भएको ईन्डिया ग्लिट्ज डटकमले उल्लेख गरेको छ।
ति व्यक्ति सवार बसमा यात्रा गरीरहेका अन्य ३२ जना यात्रुको पनि परिक्षण गर्ने प्रयास भईरहेको समाचारमा उल्लेख छ।
यो खबर भारतका ह्वाट्सएप प्रयोगकर्ताहरुविच भाईरल भएको छ भने नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि यसबारे चर्चा गरीरहेका छन्।
यद्दपी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्चा गरेजस्तो हन्टाभाइरस कुनै नयाँ भाईरस भने होईन्। यो पहिलेदेखि नै अस्तित्वमा थियो।
हन्टाभाइरस कोरोना जस्तो मान्छेबाट मान्छेमा सर्दैन। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, यो भाइरस मुसाहरुबाट मान्छेमा सर्ने गर्छ।
यदि कुनै व्यक्तिले मुसाको दिशा, पिसाब, साल्भीया नाम गरेको बनस्पती तथा मुसाको बासस्थान बनाउने सामग्रि छोएर आफ्नो मुख, नाक वा आँखा छोयो भने उक्त व्यक्तिमा हन्टाभाइरसको असर शुरु हुन्छ।
हन्टाभाईरसका लक्षणहरुः
१. १ सय १ डिग्रीभन्दा बढी ज्वरो, चिसो हुनु, शरिर र टाउको दुख्नु
२. मतमताउनु, बान्ता र पेट दुखाई
३. बेहोस हुनु तथा रातो दागहरु देखीनु
४. सुख्खा खोकी र स्वासप्रस्वासमा कठीनाई