एजेन्सी– अमेरिकी वकिल ल्यारी क्लाम्यानले कोरोना भाइरस फैलाएको भन्दै चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन्। ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका छन्। कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैवीक हतियारको रुपमा डिजाइन गरेको’ कानुन व्यवसायी ल्यारीको आरोप छ।
यसरी चीनले अमेरिकी कानुन, अन्तर्राष्ट्रिय कानुन, सन्धि तथा सम्झौताको उल्लंघन गरेको उनको दावी छ। कोरोना भाइरस पहिलो पटक चीनको वुहानमा भेटिएको थियो। जुन अहिले १ सय ८९ देशमा फैलिसकेको छ। साथै ३ लाख ३४ हजार संक्रमित छन्। साथै १४ हजार ५ सयको ज्यान गइसकेको छ। वकिल ल्यारीले आफ्नो मुद्दामा चीनले आम जनताको हत्या गर्न प्रभावकारी र विनाशकारी जैवीक हतियार बनाएको उल्लेख छ।