१.कोरोना कोषलाई सांसद्हरूको १५ दिनबराबरको पारिश्रमिक सहयोग
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० सँग जुध्न संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० का नेकपा सांसद्हरूले आफ्नो १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन्। नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको अनुसार सरकारले स्थापना गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो।
२. चीनमा अर्को भाइरसकाे प्रभाव, एक चिनियाँको मृत्यू
कोरोना भाईरसको प्रकोपबाट विश्व नै प्रभावित भइरहेका बेला चिनमा अर्को प्रजातीको भाईरसका कारण एक चिनियाँको मृत्यू भएको खबरले तरंग पैदा गरेको छ। चिनको यूनान प्रान्तमा बसमा यात्रा गरिरहेका बेला अचानक मृत्यु भएका एक व्यक्तिमा गरिएको परिक्षणले ति व्यक्तिमा प्राणघातक हन्टाभाईरसको संक्रमण भएको पुष्टि भएको ईन्डिया ग्लिट्ज डटकमले उल्लेख गरेको छ।
३. भरतपुर कोरोना विशेष अस्पतालमा रहेका बिरामीको मृत्यु कोरोनाबाट नभएको पुष्टि
चितवनको भरतपुरस्थित कोरोना विशेष ९अस्थायी० अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको कोरोना भाइरसका कारण मृत्यु नभएको पुष्टि भएको छ। उच्च ज्वरो र निमोनियाको लक्षण देखिएर आइतबार राति अस्पताल भर्ना भएका वीरगन्जका ३० वर्षीय सन्तोष यादवलाई पहिलेदेखि नै लुपस नामक रोग रहेको पाइएको अस्पतालले जनाएको छ।
४. प्रेस काउन्सिलले रोक्यो दर्ता नभई सञ्चालनमा आएका ७ वटा अनलाइनको प्रसारण
प्रेस काउन्सिल नेपालले दर्ता नभई सञ्चालनमा आएका ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्ने बनाएको छ भने भ्रामक, उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग स्पष्टीकरण समेत माग गरेको छ।
५.सीमामा रहेका अलपत्र नेपालीलाई नेपाल प्रवेशको अनुमती
कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने सरकारले निर्णय गरेको छ। कोरोना भाइरस ९कोभिड १९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको काठमाडौंमा बसेको बैठकले सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय हो।
६.कोरोना भाइरस फैलाएको भन्दै चीनमाथि अमेरिकी वकिलको मुद्दा
अमेरिकी वकिल ल्यारी क्लाम्यानले कोरोना भाइरस फैलाएको भन्दै चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन्। ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका छन्। कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैवीक हतियारको रुपमा डिजाइन गरेको’ कानुन व्यवसायी ल्यारीको आरोप छ।
७.लकडाउन’को आदेश उल्लंघन गर्ने दश जना पक्राउ
प्रहरीले ‘लकडाउन’को आदेश उल्लंघन गर्ने १० जनालाइ चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको छ। सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी घर बाहिर निस्किएका १० जनालाई प्रहरीले चितवनको नारायणगढ, टाँडी र भरतपुर क्षेत्रबाट पक्राउ गरेको हो।
८.आफू बसेको ठाउँ नछाड्न भारतमा रहेका नेपालीहरूलाई दूतावासको आग्रह
भारतमा रहेका नेपालीहरूलाइ आफू बसेको ठाउँ नछाड्न नेपाली दूतावासले पुनः आग्रह गरेको छ। दूतावासले मंगलवार एक सूचना जारी गर्दै आफू जहाँ छ, त्यही सुरक्षित साथ बस्न आग्रह गरेको हो।
९. सुनचाँदी व्यवसाय एक साताका लागि बन्द
नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले देशैभरी गरेको लक डाउनका कारण सुनचाँदी व्यवसाय एक साताका लागि बन्द गरेको छ। लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
१०. कोरोना भगाउन भन्दै क्रिश्चियन पास्टरले डिटोल पिलाए
केन्यामा एक क्रिश्चियन पास्टरले कोरोनाभाइरस भगाउन भन्दै अनुयायीहरुलाई डिटोल पिलाएको खुलासा भएको छ। केन्या टुडेले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। उनले यसरी डिटोल पिलाएपछि ५९ जना अनुयायीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ।