एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) संक्रमणको नयाँ केन्द्र बिन्दु अब संयुक्त राज्य अमेरिका बन्न सक्ने चेतावनी दिएको छ।
हालसम्म अमेरिकामा कोरोना भाइरसको कारण ७ सय ८२ ले ज्यान गुमाइसकेका छन् भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन्। पछिलो २४ घण्टामा भएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत बिरामी अमेरिकाकै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले कोरोना भाइरसबाट अमेरिकामा निकै दर्दानक परिस्थिति बन्न सक्ने बताए। त्यस्तै न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस निकै तिब्र गतीले फैलिरहेको र थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताए।
अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणको कारण २ सय १० जनाले ज्यान गुमाएका छन् भने २५ हजार भन्दा बढी संक्रमित भएका छन्।