काठमाडौं – प्रतिनिधिसभाको बैठक पुन सरेसँगै राष्ट्रियसभाको बैठक पनि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।
भोलि हुने भनेर स्थगित भएको प्रतिनिधिसभाको बैठक २३ गते आइतबार १ बजे सम्मका लागि स्थगित भएको हो। यसअघि फागुन २९ गते राखिएको बैठक कोरोना संक्रमणलाई ध्यान दिँदै चैत ७ गतेसम्मका लागि स्थगित गरिएको थियो।
त्यसपछि भने सूचना टाँसेर रोकिएको बैठक फेरि २३ गतेसम्मका लागि सारिएको हो। संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए।