काठमाडौं — १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा कमलामाई नगरपालिका—१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिक रहेका छन्। उनी मंगलबार राति पक्राउ परेका हुन्। काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई भुवनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त
हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।