कठमाडौं —काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा काेभिड-१९ बाट संक्रमित हुनेकाे संख्या तीन पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले केन्द्रिय प्रयोगशालामा जाँचका लागि पठाएको नमुनामा पोजेटिभ रिपोर्ट आएसंगै हालसम्म नेपालमा संक्रमितको संख्या तीन पुगेको हाे।
अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा तीन जनामा पोजेटिभ देखिएको थियो। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।
