पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीको आमा सानुमाया अधिकारीको निधनप्रति समवेदना प्रकट गरेका छन्।
आज एक शोक वक्तव्य प्रकाशित गर्दै उनले स्व अधिकारीप्रति श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्। लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं १ भारते निवासी अधिकारीको ९७ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको प्रकाशित शोक वक्तव्यमा उल्लेख गरिएको छ। रासस