काठमाडैं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा न्युनिकरणको लागि दोस्रो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससले बुधबार नियमित जानकारी दिदैँ हाल सरकारले गरेको लकडाउनले एउटा अवसरको ढोका खुलेको र यसको सदुपयोग गरी कोभिड १९ को संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उनले आग्रह गरेका हुन्।
कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ वोटा कदम चाल्नुपर्ने विश्व स्वास्थ्य संगठनले सुझाव दिएका छन्। उनले हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउन सुझाए। उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने उनको भनाई छ। साथै परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पनि महत्वपूर्ण रहेको गुथ्रेसले बताएका छन्।
बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै प्रकारको सुविधाको व्यवस्था गर्ने, स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड–१९ लाई रोक्न लागि पर्नुपर्ने उनले बताए। कोरोना भाइरसको नियन्त्रणको लागि यी उपाय नै अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
हालसम्म विश्वभर कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २१ हजार २ सय ९५ पुगेको छ भने ४ लाख ७१ हजार भन्दा बढी संक्रमित भएका छन्।