काठमाडौं– समाजवादी पार्टीका सांसद प्रदीप यादवले ज्यालादारीका कामदारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले बिहीबार एक प्रेस विज्ञप्ति जारि गर्दै (कोभिड–१९) नियन्त्रणका लागि तिनै तहको सरकारको भूमिका आवश्यक रहेको बताएका छन्। उनले प्रदेश नं. २ मा कोरोना संक्रमणलाई रोक्न स्थानिय सरकार तथा जनप्रतिनिहरुको सक्रियता र सहयोगमा प्रभावकारी क्वारेन्टाइन केन्द्रहरुको स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसँग माग गरेका छन्।
कोरोना भाइरसको संक्रमण भए नभएको जाँच्ने ‘एनटिजेन डिटेक्सन रिएजेन्ट’ (किट) किन्न संघीय, प्रदेश सरकार र स्थानीय सरकारलाई उनले आग्रहसमेत गरेका छन्। लकडाउनले मजदुर र दैनिक ज्यालादारी कामदार,सरसफाइकर्मी र साना रोजगार गर्ने व्यक्तिहरू सबभन्दा मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन्।
सांसद यादवले विगतको दुइ हप्तामा विदेशबाट आएका सबै नागरिकहरुलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने अभियान वडा स्तरसम्म स्थानीय तहसंग समन्वय गरेर चलाउनु अहिलेको सबैभन्दा ठुलो आवश्यकताको भएको बाताउदै तिनै तहको सरकारलाई यसमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।