एजेन्सी– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको जोखिमको रोकथाम तथा न्युनिकरणको लागि गरिएको लकडाउनले बढी प्रभावित मुलुकको अर्थतन्त्र सुधारको लागि १ लाख ७० हजार करोड भारतीय रुपैयाँको सहायता कोष घोषणा गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहिबार खासगरी आप्रवासी कामदार र दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई लक्षित गरी उक्त सहायता प्याकेज सार्वजनिक गरेकी हुन्।
भारतीय सञ्चारहरुका अनुसार प्रकोपको समयमा कोही पनि भोकै नबसुन् भन्नाका लागि यस्तो प्याकेज ल्याइएको हो। भरतका ८० करोड भन्दा धेरै गरिबहरु समेटिने यो प्याकेजअन्तर्गत प्रधानमन्त्री गरिब अन्न योजना मार्फत् तीन महिनासम्म ५ किलो थप पिठो वा चामल उपलब्ध गराइने छ भने एक किलो दाल पनि दिइनेछ। यसका लागि ४५ हजार करोड भारतीय रुपैयाँ छुट्याइएको जनाइएको छ।
त्यसबोहक सो योजनाअनुसार अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीका साथै सबै स्वास्थ्य कर्मचारीलाई तीन महिनाको अवधिमा ५० लाख भारु बराबरको बीमा कार्यक्रम पनि ल्याइएको छ। त्यस्तै, अर्थमन्त्री सिरामणले किसानहरुलाई भारतको किसान सम्मान निधि नामक योजना अनुसार ८ लाख ७० हजार किसानको खातामा अप्रिल महिनाको पहिलो सातासम्म २ हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।
भारतमा हालसम्म कारोना भाईरसको कारण १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६सय ६८ जना पुगेको छ।