काठमाडौं– कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो।
बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो। अस्पतालमा उपचाररत ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक गरे, १४ घण्टा ढिलो गरी।
यस विषयमा मंगलबार राति नै अस्पतालका प्रवक्ता अनुप बास्तोलालाई जानकारी गराएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छिन्। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन्।