एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिंगबीच टेलिफोन वार्ता भएको छ। बिहिवार बेलुका उनीहरुबिच विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप बारे कुराकानी भएको हो।
गत वर्षको डिसेम्बरदेखि चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसलाई ट्रम्पले ‘चीन भाइरस’ नाम दिएका थिए। हाल उनले आफ्नो बोली परिवर्तन गरी चीनको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत चीनको प्रशंसा गरेका हुन्।
‘चीनका राष्ट्रपति सीसँग धेरै राम्रो कुराकानी भयो। कोरोनाभाइरसको बारेमा विस्तृत छलफल गरियो। चीनले हालसम्म भाइरसबारे धेरै कुराहरु बुझिसकेको छ। हामी साथ मिलेर काम गरिरहेका छौँ। धेरै सम्मान’ ट्रम्पले ट्विटमा लेखेका छन्।