एजेन्सी– बेलायती प्रधानमन्त्री बोरीस जोन्सनमा पनि कोरोना भाइरसकाे संक्रमण भएकाे छ।
आफूलाई कोभिड–१९ को संक्रमण भएको खुलाउने बेलायती प्रधानमन्त्री जोन्सन संसारकै पहिलो सरकार प्रमुख हुन् । अहिलेसम्म कुनै पनि सरकार प्रमुखलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको खबर छैन ।
कोरोना भाइरसका सामान्य लक्षणहरु देखिएका प्रधानमन्त्री जोन्सनले आफूलाई कोभिड–१९ को संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिएका थिए । भाइरसको संक्रमण भएपछि उनले भिडियो कन्फ्रेन्स्बाट सरकार प्रमुखको काम गर्ने बताएका छन् ।
यसअघि बेलायतका राजकुमार चाल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना भाइरसबाट बेलायतमा ११ हजार ६ सय ५८ जना संक्रमित भएका छन् भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन् ।