धनगढी – नेपालमा अर्का एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले दिएको जानकारी अनुसार उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए।
नयाँ संक्रमितबारे जानकारी दिदैँ प्रवक्ता देवकोटाले अरु व्यक्तिहरुमा पनि संक्रमण हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।
आज संक्रमणको पुष्टि भएका व्यक्ति दुबईबाट आएको र चैत ११ गते अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएको छ। यसअघि नेपालमा ३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ। जसमध्ये एकजना निको भईसकेका छन्।