काठमाडौं- पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता विग्रिएकाे मुलुकभरकाे मौसम आज (शनिबार) देखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम सुधार हुँदै जाने मौसमविद् गङगा नगरकोटीले बताए ।
प्रि-मनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन भइरहन्छ। उनका अनुसार प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने अपराह्न वा साँझपख मेघगर्जन चट्याङसहित क्षणिक वर्षा हुने भएपनि तत्काल भारी वर्षाको सम्भावना छैन ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा हुने छ। आइतबार र साेमबारकाे मौसम देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँकाे तापक्रम न्यूनतम १४ डिग्री र अधिकतम २९ दशमलव ६ डिग्री सेल्सियस सम्म पुग्ने छ ।