काठमाडौं– आईओसीका अध्यक्ष थोमस बाख र आईओसीका टिमले एनओसीका अध्यक्ष, महाद्वीपीय राष्ट्रपति, आयोजक समितिसँग भिडियो कन्फेरेन्समार्फत वार्ता भएको छ। उनीहरुले कोरोना भाईरसको माहामारीले आएको सहभागिता, संगठन र अन्य समस्याहरुको बारेमा छलफल गरेका हुन्।
यस सम्मेलनको मुख्य एजेन्डा काभिड १९ र टोकियो ओलम्पिक खेल २०२० को स्थगितको सम्बन्धमा निरन्तर आएको समस्या रहेको थियो।
एनओसी नेपालका अध्यक्ष जीवनराम श्रेष्ठ र अन्य सहभागीले आईओसी अध्यक्ष र आईओसी टीमसँग निम्न छलफल गरेका थिएः
१. जापानका प्रधानमन्त्री अबे सनिजो र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग परामर्श गरेपछि आईओसीको कार्यकारी बोर्डले ओलम्पिक खेल टोकियो २०२० लाई अर्को वर्ष सम्म स्थगित गर्ने निर्णय गरेको छ।
२.टोकियो ओलम्पिक खेलको नयाँ मिति आईओसी, एनओसी, आईएफएस आईपिएस र आयोजक समिति संग परामर्श गरेपछि मात्र निर्णय हुनेछ।
३. ओलम्पिक खेल जहिले भएपनि ‘टोकियो ओलम्पिक खेल २०२०’ को नाम नै रहनेछ।
४. ओलम्पिक खेल २०२० को स्थगित ओलम्पिक इतिहासमा पहिलो पटक हो।
५. आईओसीको ईबीले गरेको टोकियो ओलम्पिक खेल २०२० को अर्को वर्ष सम्म स्थगित गर्ने निर्णयलाई अन्तर्रा्ष्ट्रिय प्यारालम्पिक समिति (आईपीसी), एनओसी र जी–२० का लिडरहरुले सहमती जनाएका छन्।
६. टोकियो ओलम्पिक एथलिट स्कलरसीप २०२१ सम्म जारी रहनेछ।
७. टोकियो ओलम्पिक एथलिट छात्रवृत्तिको सम्बन्धमा, यो वर्ष २०२१ सम्म जारी रहनेछ।
८. टोकियो ओलम्पिक खेलको नयाँ मिति अनुसार, बाँकी ओलम्पिक योग्यता च्याम्पियनशिप र मान्यताका लागि आवेदन पेस गर्न अन्तिम म्याद रि–शेड्यूल गरीनेछ।
९. एनओसीसंग अर्को महिना (अप्रिल) मा पुनः भिडियो सम्मेलन आयोजित गरिनेछ।