काठमाडौं– नेपालमा विश्वव्यपी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को पाँचौ संक्रमित फेला परेकी छिन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बेलजियमबाट आएकी २२ वर्षीय युवतीमा कारोनाको संक्रमण देखिएको हो।
यसअघि शुक्रबार धनगढीमा एक जनामा भेटिएको थियो।