काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण नेपालमा पनि भेटिएपछि नेपाल सरकारले चीनसँग मगाएको कोरोना संक्रमण पहिचान, नियन्त्रण तथा उपचारका लागि आवश्यक साम्रागी आइतबार नेपाल आइपुगेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अनुसार ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारसँग नेपालले खरिद गरेको सामाग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
सरकारले मगाएको सामाग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको बताइएको छ।
सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीसँग १ अर्ब २४ करोड बराबरको स्वास्थ्य सामग्री किन्नको लागि सम्झौता गरेको थियो। उक्त सम्झौताअन्र्गत .चीनबाट साम्रगी ३ पटकमा नेपाल आइपुग्ने र सामान ल्याउन लाग्ने बजेट आयात गर्ने कम्पनीले नै बेर्होने छ। शनिबार साढे बाह्र बजे साम्रगी लिन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज चीन उडेको थियो।
चीनको सिचुवान प्रदेश र चिनियाँ दूतावास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई राहत स्वरुप केही साम्रगी सोही विमानमार्फत पठाएका छन्। सिचुवान प्रदेश र चिनियाँ दूतावासले १.१ मेट्रिक टन् ३ लाख ३ हजार १ सय चिनियाँ यूयान अर्थात ५४ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको साम्रगी सहयोग गरेका छन् भने दुई फाउन्डेशनले १.४ मेट्रिक टन् कूल १९ लाख ९८ हजार ८ सय ५५ चिनियाँ यूयान अर्थात ३ करोड १९ लाख १ हृजार ६ सय रुपैयाँ बराबरको सामान उपल्बध गराएका छन्।