काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरिसाको मृत्यू भएको छ। कोरोनाका कारण ८६ वर्षकी राजकुमारीको शुक्रबार मृत्यु भएको हो। राजपरिवारका सदस्यको मृत्यु भएको यो पहिलो घटना हो्।
अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार उनका भाइले उनको मृत्युको जानकारी दीएका हुन्। मारिया टेरेसाको जन्म पेरिसमा सन् १९३३ जुलाई २८ मा भएको थियो। स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ।
यसैबीच स्पेनमा संक्रमण बढेपछि प्रधानमन्त्री पेड्रो सान्चेजले अर्को २ हप्तासम्म घरभित्रै बस्न निर्देशन दिँदै सबैलाई पूरा तलव दिइने बताएका छन्।