काठमाडौं- सरकारले कोरोना भाइरस अर्थात कोभिड-१९ को सत्य तथ्य जानकारी दिन तथा रोकथाम र नियन्त्रण कार्यलाई व्यवस्थित गर्न छुट्टै आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। सरकारले उपलब्ध गराएको यो वेबसाइटमा कोरोना भाइरस सम्बन्धि नेपाल लगायत विश्वभरिको पछिल्लो अवस्था तथा तथ्यांक पाउन सकिन्छ।
यसका साथै वेबसाइटमा कोरोना सम्बन्धि जानकारी मुलक सामग्रीहरु व्यवस्थित तरिकाले प्रस्तुत गरिएको छ। कारोना भाईरसको खतरालाई कम गर्ने उपाय तथा कोरोना भाईरस प्रभावित स्थानबाट फर्केकाहरुलाई भिडियो मार्फत सन्देश दिईएको छ। साथै यसमा कोरोना सम्बन्धि प्राय सोधिने प्रश्नहरु, भ्रम र यथार्थ, आफू र अरुलाई बचाउने तरिका तथा कोरोनाका लक्षणहरु पनि समावेश गरिएको छ। यसकाे अलवा कोरोना सम्बन्धि थप जनाकारीका लागि महत्वपूर्ण लिंकहरू पनि यसमा पाउन सकिने छ।
यसैगरी यसमा कोरोना भाइरस परिक्षण हुने देशभरीका अस्पताल तथा स्वास्थ्य संथाहरूको जानकारी दिइएको छ भने हटलाइन सम्पर्क नम्बरहरु पनि उपलब्ध गराइएको छ। सो जानकारिलाई प्रभावकारी तुल्याउन छेउमा नक्सामा हेर्नुहोस भन्ने रातो ट्याब राखेको छ, जसबाट देशभरका स्वास्थ्य सेवाहरु तथा संक्रमणको तथ्यांकलाई अझ थप व्यवस्थित तरिकाले अवलोकन र जनाकारी लिन सकिने छ।
यसका साथै कोरोना भाइरस सम्बन्धि कुनै लक्षण देखिएमा यस वेबसाइटबाट फर्म भरी रिपोर्ट गर्न सकिनेछ। जसको लागि वेबसाइटमा छुट्टै लक्षण मूल्यांकन नामक ट्याब उपलब्ध गराएको छ। जुन यस्ताे देखिने छ।
साे फारम भरी आफ्ना लक्षणहरूको मूल्यांकन गर्ने सकिने छ भने त्यसलाई रिपोर्ट समेत गर्न सकिनेछ।
यसैगरी यस वेबसाइटमा सरकारले गरिरहेका कामहरुको पनि जानकारी दिइएको छ। सरकारका दैनिक रिपोर्टहरु यसमा राखिएको छ। सरकारकाे आधिकारिक सामाजिक सञ्जालहरू पनि यसमा समावेश गरिएकाे छ।
यस बाहेक सरकारले शनिबारदेखि ‘डाँफे हेल्थ डटकम’ नामक एक एक लर्निङ प्लाटफर्म प्रयोगमा ल्याएको छ। जसबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध हुने व्यक्तिहरुलाई कोभिड-१९ बारेमा आवश्यक पर्ने ज्ञान तथा सीपको अनलाइन तालिम वा कोचिङ प्रदान गरिने जानाएकाे छ।
कोरोना भाइरसकाे पछिल्लाे तथ्यांक
सरकारले उपलब्ध गराएकाे साे वेबसाइट अनुसार विश्वभर काेराेना संक्रमितकाे संख्या हालसम्म ६ लाख ६४ हजार ८ सय ९१ पुगेके छ भने १ लाख ४२ हजार ४ सय ४९ जना उपचार पछि निकाे भएका छन्। यसै गरी यस भाइरसबाट मृत्यु हुनेकाे संख्या तीस हजार ८ सय ९३ पुगेकाे छ।
नेपालकाे पछिल्लाे अवस्था
नेपालमा हाल सम्म ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जस मध्ये एक जना भने निकाे भैसकेकाे छ भने ४ जानलाइ आइसाेलेसनमा राखि उपचार गरीरहेकाे जनाएकाे छ। नेपालमा कुल ८ सय ७५ जनाले परिक्षण गराएकाेमा ८ सय ७० जनामा संक्रमण नदेखिएकाे हाे।