डोल्पा - कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन जिल्ला भित्रिएका मध्ये ५८ पुरुष र २९ महिलालाई क्वारेन्टाइनमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले ठुलीभेरी नगरपालिका तथा डोल्पो बुद्ध गाउँपालिकाका सहित अन्य गाउँपालिकामा तयार पारिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको जानकारी दिएका छन्।
क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको जनाइएको छ। यहाँ विभिन्न दश स्थानमा हेल्थ डेक्स स्थापना गरिएको थियो। (रासस)