काठमाडौं – कोरोनाभाइरसको प्रकोपका कारण सरकारले गरेको ‘लकडाउन’को अवधी थप भएको छ। कोरोना रोकथाम तथा उच्च्स्तरियक समन्वय समितीले चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय लिएको हो।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितीले ७ देखी बढीमा १४ दिनको लागि लकडाउन थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ। यसअघि सरकारले चैत्र ११ गतेदेखी लागु हुनेगरी १ साताको लागि लकडाउन गरेको थियो।
हालसम्म नेपालमा ९ सय १७ जनाको परिक्षण भएकोमा ५ जनामा सक्रमण भेटिएको छ। जसमध्ये १ जना निको भइसकेका छन् भने ४ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले बताएका छन्।