काठमाडौं – काठमाडौंमा खाद्यान अभावका कारण भोकै बस्नु पर्ने अवस्था नआउने भएको छ। खाद्यान्न अभाव भएका व्यक्तिहरुले महानगरीय प्रहरी कार्यालय वा प्रहरीको १०० नम्बरमा फोन गरे खाद्यान्न निःशुल्क उपलव्ध गराउने व्यवस्थापन प्रहरीले मिलाएको छ।
‘‘मेट्रो वान वा १०० मा फोन गर्नुभयो भने आवश्यक परेको खाद्यान्न उपलव्ध गराउछौँ’’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी विश्वराज पोख्रेलले भने, ‘‘जसले किन्न सक्दैनन् उनीहरुको लागि यो व्यवस्था मिलाएका हौँ।’’
कोरोनाभाईरस नियन्त्रणका लागि गरिएको लकडाउनको असर विपन्न वर्गहरु अत्याधिक पर्ने भएपछि यो व्यवस्था मिलाइएको जानकारी दिँदै उनले थपे, ‘‘कसैले यो व्यवस्थाको दुरुपयोग गरेको पाएमा कारवाहि पनि हुनेछ।’’
यसरी वितरण गर्न लागिएको खाद्यान्न सरकारले उपलव्ध गराउनेछ। काठमाडौँ बाहिर पनि स्थानिय निकायको समन्वयमा निःशुल्क खाद्यान्न उपलव्ध गराउन लागिएको छ।