काठमाडौं – कोरोनाभाइरस रोकथामका लागि लकडाउनको निर्णय गरेको सरकारले मदिरा आयातमा पनि रोक लगाएको छ। कोरोनाभाइरसको प्रकोपका कारण विग्रीएको अर्थव्यवस्थामा सुधार ल्याउने योजनास्वरुप सरकारले मदिरालगायत मरिच, सुपारी, केराउ, छोकडा आयातमा रोक लगाएको हो।
आईतबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी गराउदै सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो ५० हजार डलरभन्दा बढी मुल्य पर्ने सवारी साधन आयातमा पनि रोक लगाएको जानकारी दिए।
यि हुन् मन्त्रीपरषदका निर्णयहरुः
१. निजि विद्यालय शुल्क छुट
२. घरभाडा छुट (अनुरोध)
३. दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत
४. विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने
५. मदिरा आयातमा रोक
६. सुनको आयातमा कटौती
७. महङ्गो गाडी आयतमा रोक
८. लकडाउन जारी
९. विद्युत महसुल र खाद्यान्नमा छुट
१०. स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा
११. ईन्टरनेट शुल्क २५ प्रतिशत कम