बाजुरा– बाजुराको बडिमालिका नगरपालिकास्थित मालिका माविको क्वारेन्टाइनमा थप पाँच जना थपिएका छन्। चौँतीस जना भारतबाट आएकाहरु बस्दै आएकामा थप पाँच जना जिल्ला बाहिरबाट उपचार गरेर फर्किएकाहरु थपिएको नगरपालिकाका प्रमुख पदम बडुवालले बताए।
अन्य बिरामी थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३९ जना पुगेको छ। उनीहरुलाई हाल बडिमालिका नगरपालिकाले खानेबस्ने व्यवस्था गरेको छ। सरसफाइ सामग्री सहयोगदेखि नेटको समेत सुविधा गरिएको छ।