सर्लाही - आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरिले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा
दुप्चेश्वर गाउँपालिका-५ कामचोक तिमाल बस्नेट २७ वर्षीय सानुकान्छा तामाङ रहेका छन्।
सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी बिवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो।
घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।