काठमाडाैं - सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम स्थगित गरेको छ। आगामी वैशाख १ देखी लागु हुने गरि नेपाल भ्रमण वर्ष २०२० सचिवालय विघटन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले बताए।
चैत ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल भ्रमण वर्ष औपचारिक रूपमा स्थगित गरेको हाे। सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकाे कार्यक्रम कोरोनाभाइरस संक्रमणको कारणले महामारी फैलिएपछि नेपाल सरकारले पर्यटन वर्षको कार्यक्रम स्थगित गरेको हो।
व्यवसायी सुरज बैंद्यको संयोजकत्वमा नेपाल भ्रमण वर्षकाे सचिवालय गठन गरिएको थियो। वैद्यले तलब सुविधा नलिनेगरी स्वयंसेवी रूपमा नेपाल भ्रमण वर्ष २०२० काे सचिवालयकाे नेतृत्व गरेका थिए।
सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको घोषणा गरेको थियो ।