काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिए।
काठमाडौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वीतरण कार्य ढिलो भएको भन्दै सेवाग्राही आक्रोशीत बनेका छन्। आज पहिलो दिन नै पासको अभाव देखिएको थियो। पास लिनको लागि सेवाग्राहीहरु बिहानैबाट विभागको कार्यालय बबरमहलमा पुगेको भएपनि अपरान्ह ४ बजेसम्म पनि पास वीतरण कार्य शुरु भएको थिएन्। ‘‘हामीले पासको लागि बिहानै निवेदन दिएका थियौँ’’, एक व्यवसायी सुरज केसीले भने, ‘‘पास नै आएको छैन् भन्ने जवाफ आईरह्यो।’’ जिल्ला प्रशासन कार्यालयबाट नै पास नआएको भन्दै पास वितरण नगरिएको उनले बताए।
भैरहवा - नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन्। भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली स्वदेश फर्कने क्रममा ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन्। कोभिड –१९ को त्रास बढ्दै गएपछि दुवै देशले मानिसहरुकाे आवत जावतमा राेक लगाएकाे जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ । जसका कारण दुवै देशका नागरिक स्वदेश फर्कन पाइरहेका छैनन् ।
मार्तडी - यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ। साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए। सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन्।
पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ। पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो। बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगेको हो। मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ। उपकरणसँगै अब कोरोनाको परीक्षण एक घण्टामा नै गर्न सकिने वीर अस्पतालका विज्ञ बलराम गौतमले जानकारी दिए।
काठमाडाैं - सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम स्थगित गरेको छ। आगामी वैशाख १ देखी लागु हुने गरि नेपाल भ्रमण वर्ष २०२० सचिवालय विघटन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले बताए। चैत ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल भ्रमण वर्ष औपचारिक रूपमा स्थगित गरेको हाे। सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकाे कार्यक्रम कोरोनाभाइरस संक्रमणको कारणले महामारी फैलिएपछि नेपाल सरकारले पर्यटन वर्षको कार्यक्रम स्थगित गरेको हो।
सर्लाही - आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरिले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा
दुप्चेश्वर गाउँपालिका-५ कामचोक तिमाल बस्नेट २७ वर्षीय सानुकान्छा तामाङ रहेका छन्। सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी बिवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो।
काठमाडौं – नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो। चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
सप्तरी- नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन्।