धनगढी– सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका पिसिआर मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो। प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ।
पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ।