काठमाडौं – ‘लकडाउन’ शुरु भएसँगै विभिन्न माध्यमबाट अफवाह फैलाउने काम पनि वृद्दि भईरहेको छ। कहिले कोरोनाभाइरसलाई जोडेर अनि कहिले आम जनजिविकाको बिषयलाई जोडेर भ्रामक सन्देश फैलाउनेहरुको सकृयता बढेको छ।
यस्तै भ्रामक सन्देशहरुमा एउटा अर्को कडि पनि जोडिएको छ। यसपटक त हुबहु सरकारी कार्यालयको आधिकारीक सुचनाजस्तै गरी सन्देश प्रवाह भएको छ। उनीहरुले राष्ट्रिय परिक्षा बोर्डको छाप कै दुरुपयोग गरेर हुबहु बोर्डले नै जारी गरेको सुचनाजस्तो बनाएर भ्रम फैलाईरहेका छन्।
कक्षा १०, ११ र १२ को परिक्षा सम्बन्धमा बनाईएको उक्त फर्जि सुचनामा भनिएको छ, ‘‘नेपाल सरकारले गरेको लकडाउन चैत २५ गते सकिने भएकोले, आज मिती २०७६÷१२÷१६ मा बसेको बोर्डको निर्णयले ११ र १२ को परिक्षा बैशाख निर्धारण गरीएकै मितीमा उच्च सावधानी अपनाई संचालन हुनेछ।’’
यसरी भ्रामक सुचनाहरु प्रशारित हुँदा विद्यार्थीहरुमा भने नकरात्मक असर परिरहेको छ। ‘‘शुरुमा हो जस्तो नै लाग्यो’’, कक्षा ११ मा अध्ययनरत बिराज लामीछानेले भने, ‘‘पछि बुझ्दै जाँदा त सुचना नै फेक रहेछ।’’