काठमाडौं– स्वास्थ्य सामाग्री लिनको लागि नेपाल एयरलाइन्सको विमान चीनतर्फ उडेको छ। चीनको ग्वाङ्जाओबाट कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज विहान ११ः३० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको हो।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीको अनुसार सो जहाज बिहीबार राति नै काठमाडौँ फर्कने छ। त्यस्तै बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक लिएर मलेसिया हुदैँ अष्ट्रेलिया पुगेको अर्को वाइड बडी जहाज पनि बिहीबार राति नै फर्कने छ।
यसअघि चैत १६ गते ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो। निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ।