काठमाडौं–सरकारले खडा गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बुधबार बसेको निगम सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो।
विनितमणी उपाध्यायको अनुसार बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५० करोड रुपैयाँको चेक बुझाइएको छ।