काठमाडौं – विश्वभर फैलिएको महामारी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या पनि ९ लाख ९६ हजार ८ सय ३६ पुगेको छ।
संक्रमितमध्ये ५० हजार ९ सय ६८ जनाले ज्यान गुमाएका छन् भने २ लाख ८ हजार ६ सय ३१ जना निको पनि भएका छन् । कुल संक्रमितमध्ये करिव ५ प्रतिशतको मृत्यू भएको पाइएको छ भने करिव २१ प्रतिशत संक्रमित निको पनि भएका छन्।
कोरोनाभाइरसका कारण सबैभन्दा बढी मृत्यू इटालीमा भएको छ भने सक्रंमितको संख्या अमेरीकामा बढी छ। ईटालीमा अहिलेसम्म १ लाख १५ हजार २ सय ४२ जनामा संक्रमण देखिएको छ जसमध्ये १३ हजार ९ सय १५ जनाको मृत्यू भएको छ भने १८ हजार २ सय ७८ जना मात्र निको भएका छन्।
ईटालीमा अझै पनि ८३ हजार ४९ जना संक्रमितको उपचार भइरहेको छ जसमध्ये ४ हजार ७३ जनाको अवस्था गम्भिर देखिएको छ। ईटालीमा प्रतिदिन ४ हजारको औषतमा संक्रमित भइरहेका छन् भने औषत ७ सय जनाले ज्यान गुमाइरहेका छन्।
उता स्पेनमा पनि अहिलेसम्म १० हजार ९६ जनाले ज्यान गुमाईसकेका छन्। कुल संक्रमितको संख्या १ लाख १० हजार २ सय ३८ पुगीसकेको स्पेनमा ६ हजार ९२ जनाको अवस्था गम्भिर छ। २६ हजार ७ सय ४३ जना निको भइसकेका छन् भने ७३ हजार ३ सय ९९ जनामा अझै कोरोनाभाईरसको संक्रमण देखिएको छ।
अमेरीकामा भने ईटाली र स्पेनको तुलनामा ज्यान गुमाउनेकोसंख्या कम देखिएको छ तर संक्रमण भने २ लाख ३५ हजार ९ सय ७७ जनामा देखिएको छ। जसमध्ये ५ हजार ७ सय ७५ जनाको मृत्यू भइसकेको छ भने ५ हजार ४ सय २१ जनाको अवस्था चिन्ताजनक छ। २ लाख १९ हजार ८ सय ९३ जनाको उपचार जारी रहँदा १० हजार ३ सय ४ जना भने निको भएका छन्।
नेपालमा भने हालसम्म ६ जनामा कोरानाभाइरसको संक्रमण देखिएको छ। जसमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको अवस्था सामान्य छ। नेपालमा आजमात्रै थप १ जनामा संक्रमण देखिएको हो। संक्रमित सबै बिदेशबाट नेपाल आएको पाइएको छ।
हेर्नुहोस बढी संक्रमण भएका राष्ट्रहरुको सुचिः