पोखरा – शुक्रबार पनि एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा संक्रमित हुनेहरुको संख्या ७ पुगेको छ। सातौँ संक्रमित कास्कीमा भेटिएको गण्डकी प्रदेस सरकारले जानकारी दिएको छ। श्रोतका अनुसार भारतबाट नेपाल फर्किएका व्यक्तिमा संक्रमण देखिएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा नतिजा पोजिटिभ आएपछि संक्रमितको नमुना संकलन गरेर पुनःपरिक्षणका लागि काठमाडौं पठाइएको छ। कोरोनाभाइरसको परिक्षण ३ पटक गर्ने गरिएको छ।