मोरोङमा ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो।
शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। स्थानीयहरुको अनुसार विश्वव्यापी रुपमा फैलिएको ंकोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणको लागि नेपाल सरकारले जारी गरेको ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर यसलाई रोक्ने प्रयास गरेका थिए।
तामाङलाई छुरा प्रहार गर्ने स्थानीय २८ वर्षीइ विजय लिम्बु घटना घटेको आधा घण्टाभित्र पक्राउ परेका छन्। लिम्बुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरेका लिम्बूले विवादका क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएका हुन्। बायाँ छात्तीमा गहिरो चोट लागेका तामाङ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत छन्।