पर्साकाे विरगञ्जस्थित नारायणी अस्पतालमा २० बेडकाे आईसोलेसन वार्ड निर्माण भएकाे छ। आईसोलेसन वार्ड निर्माणका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले अग्रसरता लिएका थिए ।
अलमुनियम र ग्लासबाट निर्मित २० बेडकाे आईसोलेसन वार्ड निर्माण २४ घण्टामा सम्पन्न भएकाे यादवले बताए । आईसोलेसन वार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद यादवले आवश्यक परे अरुपनि बेड थप्ने प्रतिवद्धता जनाए ।
बिरगंजको नारायणी अस्पतालमा आवश्यक पिपिई सामाग्री, स्वाब टेस्ट किट र ल्याब स्थापनाकाे लागि आफूले सरकारलाई आग्रह गरेको उनले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले वीरगन्जस्थित नारायणी अस्पताललाइ कोरोना नियन्त्रणका लागी संघीय र प्रदेस सरकारबाट हालसम्म कुनै पनि ठोस सहयोग प्राप्त नभएको गुनासाे गरे ।