हाल कोरोना भाइरसले सबै भन्दा बढी प्रभावित राष्ट्र अमेरिकालाई चीनले १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ। चीनले सहयोग गरेको भेन्टिलेटर न्युयोर्क राज्यमा प्रयोग गरिनेछन्। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन्।
चीनले पठाएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि हालसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ। सीएनएनका अनुसार न्युयोर्क सिटीमा संक्रमणदर उच्च भएको छ। पछिल्लो तथ्यांक अनुसार, त्यहाँ १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमित भएका छन्।
हालसम्म अमेरिकामा ४ हजार ३ सय १३ जनाको मृत्यु भएको छ भने ३ लाख १२ हजार १ सय ४६ जना संक्रमित छन्। अमेरिकामा मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मानिस न्युयोर्क राज्यकै छन्।