अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा न्यूयोर्क बस्ने अजयमान छोंचुँ रहेका छन्। उनको शनिवार दिउँसो एल्मष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको हृदयघातका कारण मृत्यु भएको नेवा नख न्यूयोर्कले जनाएको छ। उनलाई ब्याक्टेरियल निमोनिया देखिएपछि अस्पताल भनो गरिएकोमा शनिवार उपचारकै क्रममा मृत्यु भएको हो। नेवा नख न्यूयोर्कले छोंचुँको निधनप्रति दुख व्यक्त गरेको छ।