बलिउड अभिनेता शाहरुख खानले आफ्नो कार्यालय रहेको ४ तले भवनलाई क्वारेन्टाइन बनाउन प्रस्ताव राखेका छन्। भारतीय मिडियाका अनुसार बालबालिका, महिला, वृद्धवृद्धाको हेरचाहका लागि भन्दै अभिनेता शाहरुखले आफ्नो कार्यालय रहेको भवनलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका हुन्।
त्यसैगरी बलिउडका थुर्पै हस्तीहरुले कोरोनाविरुद्धको लडाइँका लागि भन्दै सहयोग गरिरहेका छन्। शाहरुखले ५० हजार पीपीई किट, मुम्बईका ५ हजार ५ सय परिवारलाई खाद्य सामग्री दिने घोषणा गरिसकेका छन् भने १० हजारलाई ३ लाख भोजन किट लगायतको सहयोग गर्नेसमेत बताएका छन्।
हालसम्म भारतमा ९९ सय जनामले कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् भने ३ हजार ५ सय ८८ जना संक्रमित भएका छन्।