पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ। लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ।
ग्यास सहज भएको छ। ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी छ। लकडाउन सुरु भएपछि पेट्रोल तथा डिजेलको बिक्री वितरण घटेको छ। सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नभएपछि पेट्रोल तथा डिजेलको खपत ठप्पैजस्तो छ। पम्पहरूले आलोपालो गरेर बिक्री वितरण गरेका छन्। माग नभएपछि पेट्रोल डिजलको आपूर्तिमा निगमले त्यति चासो दिनुपरेको छैन।
लकडाउनको समयमा पनि पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।