काठमाडौं – कोरोनाभाइरस संक्रमणको दोश्रो चरणमा प्रवेश गरेसँगै सरकारले लकडाउनको अवधि बढाउने तयारी गरेको छ। आज २ बजेको लागि प्रधानमन्त्रीद्वारा बोलाइएको मन्त्रीपरिषद् बैठकबाट यसबारे निर्णय गरीने श्रोतले जानकारी दिएको छ।
श्रोतका अनुसार आईतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो। संक्रमणको अवस्था भयावह हुन नदिनका लागि लकडाउन लम्ब्याउनुको बिकल्प नभएका कारण पनि लकडाउनको अवधि थप १ साताका लागि बढाउन सकिने उच्चस्तरिय समितीका एक सदस्यले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। कुल १ हजार ६ सय ४२ जनाको स्वास्थ्यजाँच गर्दा ९ जनामा मात्र संक्रमण देखिएको हो। जसमध्ये १ जना निको भइसकेका छन् भने ८ जनाको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ।