सरकारले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीलाई गभर्नर नियुक्त गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो ।
यसअघि गभर्नर रहेका चिरञ्जीवी नेपालको कार्यकाल गत फागुन ५ गते सकिएपछि गभर्नर पद रिक्त थियो । रिक्त गर्भनर पदका लागि अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।
पुर्व सचिव कृष्णहरी बाँस्कोटा र पुर्व गभर्नर विजयनाथ भट्टराइ सदस्य रहेको समितिद्वारा सिफारिस नामहरुमा अधिकारीसँगै राष्ट्र बैंकका वर्तमान डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र निवर्तमान अर्थ सचिव राजन खनाल थिए ।
लामो समय राष्ट्र बैंकमा काम गर्दै डेपुटी गभर्नरबाट अवकास लिएका अधिकारीलाई सरकारले लगानी बोर्डको सिइओ नियुक्त गरेको थियो ।