काठमाडौं – थर्मलगन (ईन्फ्रारेड थर्मोमिटर)को कालाबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको नक्सालबाट जगदम्बा ग्रुपका सुलभ अग्रवाललाई पक्राउ गरेको हो।
‘‘वास्तविक मुल्यभन्दा बढी मुल्यमा थर्मलगन बेचेको भएर पक्राउ गरिएको खबर आएको छ’’ महानगरी प्रहरी परिसर रानीपोखरीका प्रवक्ता श्याम ज्ञवालीले भने, ‘‘थप बिवरण आउन बाँकी छ।’’