स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित ८ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित ८ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेसँगै नेपालमा थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको बताएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगसालामा अहिलेसम्म कुल १७ सय ९६ नमुना परिक्षण भएको बताउदै प्रवक्ता देवकोटाले काठमाडौँ बाहिर ९ वटा ठाउमा परिक्षण सुचारु भएको जानकारी दिए। त्यसैगरी कंचनपुर र कैलालीमा र्यापिङ टेस्ट र स्वाब परिक्षण दुवै किसिमले नमुना संकलन भइरहेको उनले बताए।
मन्त्रालयको तथ्याङ्क अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र १६ जना र काठमाडौँ बाहिर ८४ जना गरि सय जना आइसोलेसनमा रहेका छन्। त्यस्तै हालसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका अनुसार रेड जोनमा आज १७ जना थपिएसँगै कूल १७२ जना रेड जोनमा परेका छन्।