लकडाउनको बेलामा अत्यावश्यक सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने पासलाई निरन्तरता दिने भएको छ। लकडाउनको अवधि थप गर्दै लकडाउनमा थप कडाई गर्ने सरकारको निर्णयपछि पास वितरण बन्द गर्ने आंकलन गरिएको थियो।
लकडाउनको समय बढेकाले विभिन्न निकायमार्फत जिल्ला प्रशासन कार्यालयले वितरण गरेको ७ दिने पासले नै लकडाउन अवधिभर निरन्तरता पाउने भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
‘‘एक दिने र तिने दिने पास हटाएर ७ दिने पासलाई यथावत राखिने भएको छ’’, महानगरिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भिम ढकालले भने ‘‘सडकमा गुड्ने सवारीमाथिको निगरानी भने बढाइएको छ।’’